• ट्रेण्डिङ :

कोरला नाकामा एनटीसीकाे बीटीएस टावर स्थापना

कोरला नाकामा एनटीसीकाे बीटीएस टावर स्थापना

cnewsnepal

बुधबार, असोज ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


मुस्ताङ । मुस्ताङकाे तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधाकाे लागि एनटीसीले बीटीएस टावर स्थापना गरेको छ । नाकामा बीटीएस टावर स्थापना संगै टु जी र फोर जी सेवा सञ्चालनमा आएकाे हो ।

सञ्चार सुविधा विस्तार भएसँगै व्यापारी, सुरक्षाकर्मी, भन्सार कर्मचारी, पर्यटक र कोरला नाका पुग्ने जो कोहीलाई सञ्चारमा सहज पहुच भएको छ । १ वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गएको वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार