• ट्रेण्डिङ :

मोटरसाईकल टुर्घटना हुँदा दुई जना युवाको ज्यान गयो

मोटरसाईकल टुर्घटना हुँदा दुई जना युवाको ज्यान गयो

cnewsnepal

मंगलबार, असोज १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


अत्तरिया : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँदेखि दशैँका लागि घर आइरहेका उनीहरूको सोमबार राति गौरीगंगा नगरपालिका १ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल गौरीगंगा नगरपालिका १ मा दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार