• ट्रेण्डिङ :

कैलालीको गेटामा मेडिकल शिक्षा छिटो संचालनको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

कैलालीको गेटामा मेडिकल शिक्षा छिटो संचालनको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

cnewsnepal

बिहिबार, असोज १७ २०८१
पढ्न लाग्ने समय: < ४ मिनेट


अत्तरियाः कैलालीको गेटामा बिश्वबिद्धालयको माग गर्दै संघर्षरत स्थानीय समितिले नेपाल सरकारको सम्माननीय सभामुख, सभामुख , स्वास्थ्य मन्त्री ,शिक्षा मन्त्री लगायतलाई ज्ञापन पत्र बुझाएको छ । कैलालीबाट संघिय राजधानी काठमाण्डौंमा नै गएर आज एक कार्यक्रमका बिच सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।  तत्काल ३०० सैय्यालप अस्पताल र आसन्न अधिबेसनमा सहिद दशरथ चन्द रास्टिय बिज्ञान बिश्व बिद्यालय बिधियक पारितका लागि आग्रह गर्यो ।

“देश भरीमा पच्चिस भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा यस प्रदेशमा एउटा पनि नहुनुमा राज्यको सुदूरपश्चिम प्रतिको हेर्ने हेपाहा दृष्टिकोण भएको हामीले ठहर गरेका छौं । हाम्रो एक मात्र धेय संघिय संसदको यहि अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्व विद्यालय सम्वन्धि विधेयक पास गर्नुका साथै ६०० सैया भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शैया सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको बुझाई भएको हुँदा तत्काल मेडिकल अध्ययन-अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि हार्दिक आग्रह गर्दै चिकित्साशास्त्रको मूर्तरुप निर्माणमा पहल गरिदिनहुन समेत सादर आग्रह गर्दछौं ।” ज्ञापन पत्रमा भनिएको छ ।

 
सुदूरपश्चिमका लाखौं जनताको साझा सपनाका रुपमा रहेको कैलालीको गेटास्थित शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय शिघ्र सञ्चालनार्थ सुदूरपश्चिमबासी लामो समयदेखि स्वतःस्फुर्त रुपमा आन्दोलित भइरहेको व्यहोरा यहाँ समक्ष अवगत नै छ । संघीय राज्य सत्ताबाट पटक-पटक सुदूरपश्चिमबासीप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाका रुपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइलाई हामीले बुझेका छौं । :
विगत लामो समयदेखि सुदूरपश्चिमका जनताको चाहनाबमोजिम शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्षमा होमिएको र फलस्वरुप नेपाल सरकारले मितिः २०७९/१०/२९ गतेको निर्णय कार्यान्वयन गराउनका लागि हामी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएको व्यहोरा अवगत गराउँदछौं
सुदूरपश्चिम प्रदेशमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना गर्ने भनी नेपाल सरकारले आफ्‌नो नीति तथा कार्यक्रममा विगतका आवदेखि चालु आर्थिक वर्ष २०८१/८२ मा समेत क्रमागत रुपमा बजेट विनियोजन गरेको र सुदूरपश्चिमका अधिकांश सांसदहरुले समेत संघीय संसद्मा उक्त विषयलाई प्रमुखताका साथ उठान गरेको तथ्यसमेत सम्माननीय ज्यूलाई अवगत भएको विषय नै हो । :
यसै सन्दर्भमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा दफावार छलफलका लागि शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिमा पेस भएको तर, समितिमा महिनौँ बितिसक्दा पनि छलफको प्रक्रिया नै सुरु नभएको व्यहोरा अवगत

गराउँदछौँ । तत्काल सो प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै विधेयकको अन्तिम रुप दिई आसन्न संसद् अधिवेशनको पहिलो बैठकबाटै पास गराउन पहल गर्नुहुनेमा हामी अत्यन्तै आशावादी छौं । सुदूरपश्चिमबासीले बिरामी पर्दा छिमेकी मुलुक भारतका विभिन्न शहरका अस्पतालमा गएर चर्को रकम तिरेर उपचार गराउनु परेको र त्यहाँ उपचारभन्दा ठगिनुपरेको सुदूरपश्चिका जनताको वर्षोंदेखिको नियती नै बनेको यहाँसमक्ष जानकारी गर्न चाहन्छौं । :
साथै ६०० शैय्याको अस्पताल सञ्चालन गरियोस भन्ने हाम्रो माग हो । यद्यपी ६०० शैय्याका निमित्त तयार भएको अस्पतालको संरचनामा हाल ५० शैय्या मात्र सञ्चालनमा आइरहेको र त्यो पनि पूर्वाधार बिना सञ्चालनमा आउनु दुःखद कुरा भएको जानकारी गराउन चाहन्छौं । अन्त्यमा कैलालीको गेटामा सञ्चालनमा रहेको ५० शैय्याको बहिरङ्ग सेवा (ओपिडी) ले सुदूरपश्चिमेलीको भावना तथा आवश्यकताको परिपूर्ति नगर्ने जानकारी गराउँदै यथाशिघ्र ३०० शैय्या हुँदै ६०० शैय्याको पूर्णकालिन अस्पताल सञ्चालनका लागि संघिय संसदबाट पनि स्वीकृत हुने कुरामा हामी पूर्ण विश्वासका साथ प्रतिक्षारत रहेको व्यहोरा यसै ज्ञापन-पत्र मार्फत सम्माननीय ज्यूलाई पेश गर्दछौं ।
आनन्द प्रसाद भट्ट सहसंयोजक
लोकराज पाण्डेय (आगो) संयोजक
(शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति) सुदूरपश्चिम प्रदेश, कैलाली

प्रतिक्रिया
सम्बन्धित समाचार