• ट्रेण्डिङ :

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

cnewsnepal

बुधबार, कार्तिक २१ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


ढोरपाटन (बागलुङ) । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार