• ट्रेण्डिङ :

महाआरतीका समयमा चन्द्रागिरि केबलकारको टिकटमा ५०% प्रतिशत छुट

महाआरतीका समयमा चन्द्रागिरि केबलकारको टिकटमा ५०% प्रतिशत छुट

cnewsnepal

शुक्रबार, फाल्गुन ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


९ फागुन,काठमाडौँ । चन्द्रागिरि हिल्सले महाशिवरात्रीकाे अवसर पारेर भत्तजनहरूलाई केवलकारमा महा छुटकाे व्यवस्था गरेकाे छ ।

फागुन १४ गते बुधवार पर्न गएको महाशिवरात्रिको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा अाउन जानलाई महा छुट याेजना शार्वजनिक गरेकाे हाे ।

महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको एक विज्ञप्ति जारि गर्दै कम्पनीले जनाएको छ ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५०% प्रतिशत छुट प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार