५ चैत,काठमाडौं । मकवानपुरकाे एक घरमा आगलागी हुदाँ लाखाै बराबरको धनमाल नष्ट भएको छ ।
जिल्लाकाे मकवानपुगढी गा.पा. -०२ बासपानी बस्ने कृष्ण बहादुर दर्लामी मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा आगलागी भएकाे हाे ।
खोले पकाउन बालेको आगोबाट घरमा आगलागि भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढी मकवानपुरबाट प्रहरी निरीक्षक बिरेन्द्र रायमाझी को कमाण्डमा टोली खटि गई प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मकवानपुरगढी प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीले आगलागि बाट घर पुर्ण रुपमा जली क्षती भएको बताए ।
प्रहरी निरीक्षक रायमाझीका अनुसार घरमा रहेको धान १५ मुरी, चामल १ बोरा, आलु ४ बोरा, सुनको तिलहरी, सुनको झुम्का, सुनको हातको बाला, बच्चाको कल्ली बाला गरि गरि ५ तोला सुन, लत्ताकपडा र भाडावर्तन गरि दश लाख पच्चिस हजारदमुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमानवाट खुलेकाे बताए ।