• ट्रेण्डिङ :

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

cnewsnepal

बिहिबार, चैत्र २१ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


२१ चैत, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१, नयाँगाउँमा भिरबाट लडी एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार, ४९ वर्षीय अकिल ब. पाख्रिन मिति गए राति आफ्नो घरबाट करिब १०० मिटर टाढा रहेको बोकेदह सामुदायिक वनमा लागेको डढेलो हेर्न गएका थिए।

उनी श्रीमती बीपीमाया पाख्रिन र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसँगै डढेलोको असर हेर्न गएका थिए। तर, राति करिब ११:०० बजे उनी घरदेखि करिब ६० मिटर टाढा रहेको बारीको पाटाबाट चिप्लिएर करिब २०० मिटर तल भिरमा खसेका थिए।

राति खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट बिहान ६:०० बजे खोज्दा मृतक भिरको भोर्लाको लहरामा अडकिएको अवस्थामा फेला परेका थिए। आगलागीको कारण उनको शरीर जलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी भैसेबाट असई माधब खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकालको कमाण्डमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार