• ट्रेण्डिङ :

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । कक्षा १२ काे परिक्षाका बारे आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएकाे छ । बैठक अहिले बिहान ८ बजेका लागि बोलाइएको हाे ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने सूचना प्रकाशन भएकाे थियाे । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि हिजाे राजीनामा दिएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार