• ट्रेण्डिङ :

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका हुन्‌।

एमालेबाट समानुपातिक सांसद पन्त अघिल्लो कार्यकालमा ओलीको कटु आलोचक थिए।

माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा ओलीको पक्षमा उभिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार