• ट्रेण्डिङ :

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे

cnewsnepal

सोमबार, बैशाख १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


किमााथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार