• ट्रेण्डिङ :

कान्तिलोकपथ सडकखण्ड सुचारु, मर्मतका कारण जेठ १ सम्म दैनिक ६ घण्टा बन्द हुने

कान्तिलोकपथ सडकखण्ड सुचारु, मर्मतका कारण जेठ १ सम्म दैनिक ६ घण्टा बन्द हुने

cnewsnepal

आइतबार, बैशाख २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ बैशाख,काठमाडौं । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको कान्तिलोकपथ सडकखण्ड (हेटौंडा–ठिङ्गन–काठमाडौं) सुचारु गरिएको छ।

बागमती खोलामा पानीको बहावले डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएअनुसार मर्मतपछि सडक दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो।

साथै, सो सडकखण्डमा मर्मत कार्य जारी रहेकाले जेठ १ गतेसम्म हरेक दिन बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सवारी आवागमन बन्द रहने जानकारी समेत कार्यालयले दिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार