२१ वैशाख हेटौंडा । मकवानपुरगढी गाउँपालिका–५ सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएका एक पुरुषको भीरबाट खस्दा ज्यान गएको छ।
मकवानपुरगढी गाउँपालिका–५ बस्ने ५२ वर्षीय कप्तान रुम्बा शनिबार दिउँसो १२:३० बजेतिर अन्दाजी १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे वडा अध्यक्ष जितेश दाहालमार्फत दिउँसो २:५० बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझी नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी निरीक्षक रायमाझीका अनुसार, “घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा भइसकेको छ। शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।”
उनका अनुसार घटनाकाे थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार