मकवानपुरको इन्द्रशरोवर गाउँपालिका–१, दलसंहकी ६० वर्षीया रबिमाया भमजनको भिरबाट लडेर मृत्यु भएको छ।
सामान किन्नका लागि साँझ घरबाट निस्किएकी उनी रातभर घर नफर्किएपछि गाउँलेहरुले खोजी सुरु गरेका थिए।
बिहान करिब १० बजे इन्द्रशरोवर गाउँपालिका–१, दलसंहस्थित भिरखर्कको बाटोबाट झन्डै ३०० मिटर तल उनको शव फेला परेको हो।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मार्खुबाट प्रहरी टोली, अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख सन्त कुमार श्रेष्ठको नेतृत्वमा टोली र पालुङ प्रहरीको अर्को टोली पनि घटनास्थलमा पुगेको थियो।
हाल मृतकको शव निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार