२४ बैशाख,मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-९ अठारे स्थित भित्री सडकखण्डमा सवारी दुर्घटना भएको छ।
खैराङबाट मनहरीतर्फ जाँदै गरेको बा १५ च १३३३ नम्बरको बलोरो जिप सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरत कुमार खड्काको कमाण्डमा टोली घटनास्थलमा पठाइएको थियो।
स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मनहरी अस्पतालतर्फ पठाइएको छ।
दुर्घटनामा घाइते हुने व्यक्तिहरूको विवरण यस प्रकार रहेको छ:
१. हिमाल बस्नेत (१६), राक्सिराङ-९ – टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर।
२. बुद्धिमान घलान (३५) – टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर।
३. डिल ब. घलान (७५) – टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर।
४. फुलमाया घलान (६५/७०) – टाउको र शरीरमा गम्भीर चोट, अवस्था गम्भीर।
५. रुप बहादुर राउत (३८) – टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर।
६. दिपक खड्का (४८) – टाउको र शरीरमा गम्भीर चोट, अवस्था गम्भीर।
७. सुर्य अधिकारी (५०) – हातमा मध्यम चोट, अवस्था मध्यम।
८. कुमार तामाङ (१४) – टाउकोमा मध्यम चोट, अवस्था मध्यम।
९. सुजन तामाङ (२८), राक्सिराङ-९ – हातखुट्टामा सामान्य चोट, अवस्था सामान्य।
घाइतेहरुलाई तत्काल मनहरी अस्पतालमा उपचार गरिनुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।