• ट्रेण्डिङ :

सशस्त्रको बडिमालिका शिक्षालयका एसपी विष्टसहित चार प्रहरी पुरस्कृत

सशस्त्रको बडिमालिका शिक्षालयका एसपी विष्टसहित चार प्रहरी पुरस्कृत

cnewsnepal

बिहिबार, बैशाख २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ बैशाख धनगढी । सशस्त्र प्रहरी बलको बडिमालिका जवान तालिम शिक्षालय, बनबेहडामा कार्यरत चार जना सुरक्षाकर्मीलाई उत्कृष्ट कार्य सम्पादनका लागि पुरस्कृत गरिएको छ।

शिक्षालयको २४औँ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बहादुर विष्टसहित चार जना कर्मचारीलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको हो। पुरस्कृत अन्य सुरक्षाकर्मीहरूमा सशस्त्र प्रहरी वरिष्ठ हवलदार शेर बहादुर कार्की, हवलदार चन्द्र बहादुर वली र सहायक हवलदार रामबहादुर कठायत रहेका छन्।

समारोहका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका विभागीय प्रमुख, अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन्। यस अवसरमा खेलकुद, हाजिरीजवाफ र दौड प्रतियोगितामा उत्कृष्ट हुने अन्य कर्मचारीलाई समेत पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार