२८ बैशाख ,काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ मा बालुवा बोकेको बा४ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
प्रहरीका अनुसार, इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ जाँदै गरेको टिपर उकालोमा ब्याक भई नियन्त्रण गुमाउँदै करिब १०० मिटर तल खसेको थियो, जसका कारण नुवाकोट सूर्यगढी गाउँपालिका–७ निवासी ४७ वर्षीय चालक लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

यसअघि पनि मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन होटलको कम्पाउण्डभित्र बा२क ३४६४ नम्बरको अर्को टिपर ब्याक गर्ने क्रममा ३१ वर्षीय चालक विनोद घोरासैनीको ज्यान गएको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार