• ट्रेण्डिङ :

फेवातालमा हावाहुरी आएपछि अलपत्र परेका ३ जना पर्यटकको उद्धार

फेवातालमा हावाहुरी आएपछि अलपत्र परेका ३ जना पर्यटकको उद्धार

cnewsnepal

सोमबार, बैशाख २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


पोखरा । फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा उनीहरू जोखिममा परेका थिए।

२ पुरुष र १ महिला गरी ३ जना इजरायली पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यू टावरमा तैनाथ बिपद उद्धार टोलीले् मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो।

उनीहरूको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार