• ट्रेण्डिङ :

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

cnewsnepal

सोमबार, जेष्ठ ५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


५ जेठ,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

आइतवार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँले चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेशसभामा चौथो ठूलो दल रहेको नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको सिफारिसमा चौधरीलाई मन्त्री नियुक्त गरेको हो। यसअघि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिए पनि संसदीय दलको निर्णयले घनश्याम चौधरीलाई अघि सारिएको थियो।

तर, विवाद र आन्तरिक छलफलपछि शनिबार बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्रीका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। नयाँ जिम्मेवारी सम्हालेसँगै चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रको समृद्धिमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार