५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरका ३५ वर्षीय विष्णु प्रसाद सापकोटा मृत फेला परेका छन्।
सापकोटा वैशाख ३१ गते बिहान ११ बजे घरबाट निस्किएपछि बेपत्ता भएका थिए।
आफन्तले विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न नसकेका सापकोटा जेठ ५ गते दिउँसो २:२५ बजे घरदेखि करिब १.५ किलोमिटर पश्चिम-दक्षिणतर्फ रहेको कोइराला डाँडास्थित थलि जंगलमा मृत अवस्थामा फेला परेका हुन्।
घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान र मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी अनुसन्धानको नेतृत्व मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीले गरिरहेका छन्।