• ट्रेण्डिङ :

अमेरिका, इयु र जापानका प्लास्टिक आयातमा चीनले लगायो एन्टीडम्पिङ शुल्क

अमेरिका, इयु र जापानका प्लास्टिक आयातमा चीनले लगायो एन्टीडम्पिङ शुल्क

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ ।

नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ ।

वाणिज्य मन्त्रालयले आइतबार जनाएअनुसार ती शुल्क तीन दशमलव आठ प्रतिशतदेखि ७४ दशमलव नौ प्रतिशतसम्म हुनेछन् र भोलिपल्ट लागु हुनेछन् ।

नयाँ शुल्क अमेरिका र चीनले एकअर्काका सामानमा व्यापक करकटौती गरेको केही दिनपछि आएको छ । विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा हलचल ल्याएको निर्मम व्यापारयुद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ ।

बेइजिङले व्यापक व्यापार विवाद भएका देश विरुद्ध बारम्बार एन्टीडम्पिङ अनुसन्धान सुरु गरेको छ ।

अप्रिलमा चीनले फ्रान्सको निर्यातनिर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टीडम्पिङ उपाय अपनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार