• ट्रेण्डिङ :

शिक्षक महासंघको चेतावनी : झन् ठूलो आन्दोलन लिएर सडकमा जान्छौँ

शिक्षक महासंघको चेतावनी : झन् ठूलो आन्दोलन लिएर सडकमा जान्छौँ

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


६ जेठ,काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासंघसँग भएका सहमति शिक्षा विधेयकको प्रतिवेदनमा नसमेटिने भन्दै महासंघले कडा आन्दोलनको चेतावनी दिएको हो ।

आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेको थियो । तर प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१/०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले गत चैतमा काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो । वैशाख १७ गते ‍सरकारसँग नौ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार