• ट्रेण्डिङ :

हेटौंडामा बोरीङको पानीमा डुबेको बोलेरो गाडी १७ दिनपछि फेला

हेटौंडामा बोरीङको पानीमा डुबेको बोलेरो गाडी १७ दिनपछि फेला

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँस्थित बोरीङ गरिएको पानीमा डुबेर हराएको बोलेरो गाडी १७ दिनपछि फेला परेको छ।

माछा बोक्ने ना ४ च ४८३३ नम्बरको सो गाडी २०८२ साल वैशाख १९ गते दिउँसो करिब १२:५० बजे चिप्लिएर बोरीङको पानीमा डुबेको थियो।

गाडी हराएपछि लगातार खोजी भइरहेकोमा वैशाख २३ गते र जेठ २ गते काठमाडौंस्थित भूगर्भशास्त्र केन्द्रिय विभागको टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थलको अध्ययन गरी माटो परीक्षणका लागि नमुना संकलन गरेर लगेको थियो।

भूगर्भ परीक्षणको सुझावअनुसार सतर्कताका साथ उत्खनन गरी गाडी निकाल्न सकिने निष्कर्ष निकालिएपछि वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा २०८२ जेठ ६ गते दिउँसो १२:१५ बजेबाट क्रेन र स्काभेटरको सहयोगमा गाडीको खोज कार्य सुरु गरिएको हो।

खोजीका क्रममा गाडीका केही पार्टपुर्जा फेला परेका छन्। गाडीलाई झिक्ने काम जारी रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार