• ट्रेण्डिङ :

विषाक्त च्याउ खाँदा तीन जनाको मृत्यु

विषाक्त च्याउ खाँदा तीन जनाको मृत्यु

cnewsnepal

आइतबार, जेष्ठ ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार