• ट्रेण्डिङ :

प्रअकी श्रीमती–अध्यक्षकी छोरी, करारमा नियुक्त शिक्षकलाई विद्यालयले नै दियो स्थायी नियुक्ति

प्रअकी श्रीमती–अध्यक्षकी छोरी, करारमा नियुक्त शिक्षकलाई विद्यालयले नै दियो स्थायी नियुक्ति

cnewsnepal

सोमबार, जेष्ठ २६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२६ जेठ, काठमाडौं ।  चितवनको रत्ननगर नगरपालिका–२ स्थित श्री नेपाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक वुद्धि राज सुवेदीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

करारमा कार्यरत शिक्षक विजया सुवेदीलाई विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा, सदस्य सचिव प्रधानाध्यापक वुद्धि राज सुवेदीले नभएको अधिकार प्रयोग गरी स्थायी नियुक्ति दिएको अख्तियारले जनाएको छ।

मिति २०५५कात्तिक ८ मा करारमा नियुक्त विजयालाई २०६३ माघ १३ मा प्रावि रनिमाविको कक्षा लिने शिक्षकको जिम्मेवारी दिई मिति २०७२ पुस ४ मा उच्च माविमा करारमा नियुक्ति गरेको पाइएको छ।

तर मिति २०७८ भदौ ७ गते बैठक बसी आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम बनाई शिक्षक विजया सुवेदीलाई २०७८ साउन १ बाट लागू हुने गरी निमावि तृतिय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, साथै सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको अनुसन्धानमा खुलेको छ।

विजया सुवेदी प्रधानअध्यापक बुद्धिराज सुवेदीकी श्रीमती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलकी छोरी हुन् ।

अख्तियारले शिक्षक विजया सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्ने प्रअ बुद्धिराज सुवेदीसहित नियुक्ति पत्र दिन निर्णय गर्ने व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक सुवेदीसमेत विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार