• ट्रेण्डिङ :

पहिलोपटक राउटे समुदायमै गएर पत्रकार दिपकले पढाए, किताब–कापी बाँडे (तस्बिरहरू )

पहिलोपटक राउटे समुदायमै गएर पत्रकार दिपकले पढाए, किताब–कापी बाँडे (तस्बिरहरू )

cnewsnepal

शनिबार, जेष्ठ ३१ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


३१ जेठ,सुर्खेत । नेपालको घुमन्ते र लोपोन्मुख जाति राउटे समुदायमा पहिलोपटक पत्रकारले समुदायमै पुगेर पढाउने प्रयास गरेका छन्।

कैलालीका पत्रकार दिपक रावलले सुर्खेत स्थित समुदायमा पुगेर शिक्षाको बीउ रोप्ने उद्देश्यले किताब, कापी, कलम वितरण मात्र होइन, प्रत्यक्ष पढाउने कामसमेत गरेका छन्।

राउटे समुदाय अझै पनि औपचारिक शिक्षाबाट टाढा छ। बालबालिकालाई विद्यालय पठाउनुपर्ने सोच अझै अभिभावकहरूमा छैन। तर पहिलोपटक पत्रकार दिपकले बालबालिकासँग बसेर क ख ग, १ २ ३ लेख्न सिकाउने अभ्यास गराएका छन्।

कार्यक्रममा समाजसेवी सोधरा शाहीको आर्थिक सहयोगमा आवश्यक शैक्षिक सामग्री — कापी, कलम, किताब वितरण गरिएको थियो। वितरणपछि दिपकले केही समय बच्चाहरूसँग बसेर लिखित अभ्यास गराएका थिए।

“हामीलाई पढाउने मान्छे पहिलोपटक आएको हो,” एक राउटे अभिभावकले भने, “बच्चाहरू खुसी देखिएका छन्।”

हालसम्म विद्यालय नभएको र औपचारिक शिक्षाप्रति चासो कम देखाउने यो समुदायमा नयाँ पुस्ताले परिवर्तन स्वीकार्न थालेको संकेत देखिन थालेको छ। पत्रकार र समाजसेवीको यो प्रयासले शिक्षा प्रवेशका लागि सकारात्मक वातावरण तयार गरिरहेको छ।

पत्रकार दिपक रावलले भने, “पत्रकारिता सूचना पुर्‍याउने मात्रै होइन, परिवर्तनको प्रेरक शक्ति पनि हो भन्ने देखाउन चाहन्थें। राउटे समुदायमा शिक्षाको महत्व देखाउने सानो प्रयासबाट ठूलो असर पर्न सक्छ।”

राउटे समुदायमा पहिलोपटक सञ्चारकर्मी स्वयंले शिक्षण गर्दै सामग्री वितरण गर्नु एक ऐतिहासिक प्रयास हो। यसले समुदायमा शिक्षाको बीउ रोप्ने कामको थालनी गरेको छ, जुन दीर्घकालीन रूपान्तरणतर्फको पहिलो पाइला हो।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार