• ट्रेण्डिङ :

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

cnewsnepal

आइतबार, असार ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ असार,काठमाडौँ । ३५ जना नेपालीहरूको उद्धार गरिएको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो ।

दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्‍याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार