• ट्रेण्डिङ :

ट्रम्पको ‘बिग ब्युटिफुल’ विधेयक पारित, के छन्

ट्रम्पको ‘बिग ब्युटिफुल’ विधेयक पारित, के छन्

cnewsnepal

शुक्रबार, असार २० २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


विधेयकमा खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनाहरूलाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ ।

साथै त्यसले चुनावताका ट्रम्पले गरेका दुई वटा मुख्य वाचा पनि पूरा गर्ने छ– उनले सन् २०१७ मा गरेका कर कटौतीहरूलाई स्थायी स्वरूप दिने अनि टिप्स, ओभरटाइम र सोसल सेक्युरिटी प्राप्तिकर्तामा लाग्ने कर हटाउने– जसको मूल्य १० वर्षमा ४५ खर्ब डलर हुने अनुमान छ ।

त्यस्तै सिमाना सुरक्षा, हिरासत केन्द्र तथा आप्रवासन कानुन कार्यान्वयन अधिकारीहरूमा १५० अर्ब डलर खर्च गरिने छ । अर्काे १५० अर्ब डलर ट्रम्पले अघि सारेको ‘गोल्ड डोमु क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रम लगायतका सैन्य खर्चमा लगाइने छ।

सदनमा मतदान हुँदा प्रक्रियागत अवरोधहरू गर्ने कोशिस गर्दै डेमोक्र्याटहरूले विधेयकप्रति विरोध जनाए।

उनीहरूका अनुसार उक्त विधेयकले दशौँ लाख अमेरिकीहरूसँग स्वास्थ्योपचार तथा खाद्य सहयोग खोसेर धनीहरूलाई करमा छुट दिलाउने छ ।

नर्थ क्यारलाइनाकी डिबोरा रसले भनिन्स् ‘अधिक्कार छ तिनलाई जसले थोरैको हितका निम्ति धेरैलाई हानि पु‍र्याउन मत दिए।’
कँग्रेसको दुबै सदनमा ट्रम्पको रिपब्लिकन दल बहुमतमा छ तर उक्त दलभित्रै रहेका विभिन्न गुटहरूमाझ सो विधेयकमा निहित कतिपय नीतिहरूमा भिन्नता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार