२० असार,काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर लुटेराुको आरोप लगाउँंदै गालीगलौज गरेको अडियो सार्वजनीक भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको डिएसपी सरोज राईका अनुसार अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको बताए ।
उनीमाथि आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी लिइएको डिएसपी सरोज राईको भनाई छ । डिएसपी सरोज राईका अनुसार केही समय अघिदेखी पूर्वाधार विकास कार्यालय, सर्लाहीमा ल्यापटप लगायत बिभिन्न सामाग्री लुटपाट भईरहेको भन्ने बिषयमा प्रहरीमा जानकारी आएको र डिएसपी राईको कमान्डमा सुरक्षार्थ गएको टोलीको गाडीमा अशोक यादव समर्थीत केही ब्यक्तीहरुले ढुङ्गामुडा गरेको जानकारी गराए ।
साथै अशोक यादवले जिल्ला एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरी लुटेराको आरोप लगाएको सन्दर्भमा निजमाथी पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साथै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सर्लाही घटनाबारे आवश्यक कानुनी कारबाही अघि बढाउन मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए । नेपाल प्रहरीको मधेस प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले यसमा कानुनी प्रक्रिया अघि बढिसकेको बताए ।
यो घटना के कसरी भएको हो गम्भीरतापूर्वक हेर्न भनिएको छ,’ उनले भने । अध्यक्ष यादव र एसपी खड्काबीचको कुराकानी अडिओ समेत सार्वजनिक भएको थियो ।