• ट्रेण्डिङ :

पहिरोमा पुरिएर ३५ वर्षीय पुरुषको मृत्यु, एक जना बेपत्ता

पहिरोमा पुरिएर ३५ वर्षीय पुरुषको मृत्यु, एक जना बेपत्ता

cnewsnepal

बुधबार, असार २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो ।

बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार