• ट्रेण्डिङ :

सेयर बजार ४ महिनाकै उच्चतम अङ्कमा

सेयर बजार ४ महिनाकै उच्चतम अङ्कमा

cnewsnepal

बिहिबार, असार २६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै उच्चतम अङ्कमा पुगी २७३१ मा कायम भएको छ ।

यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।

बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१ मा पुगेको छ, जुन ४ महिनाकै उच्चतम अंक हो।

नेप्सेमा १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको घटेको छ र वाणिज्य बैंक समूह सबैभन्दा धेरै ३.०२ प्रतिशतले बढेको छ।

माइखोला हाइड्रोपावरको मूल्य ८.१५ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार