• ट्रेण्डिङ :

क्रिकेटर जोय सम्मानित

क्रिकेटर जोय सम्मानित

cnewsnepal

आइतबार, असार २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२९ असार,काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।

एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् ।
जोय पनि एसइइ उत्तीर्ण भएका छन् । मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार