• ट्रेण्डिङ :

वर्ल्डलिंक संतुङ्गलकाे पहिलो महिला शाखा प्रमुखमा सविला के.सी.

वर्ल्डलिंक संतुङ्गलकाे पहिलो महिला शाखा प्रमुखमा सविला के.सी.

cnewsnepal

शनिबार, भाद्र १४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१४ भदौ,काठमाडौं । नेपालकै प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सन्तुङ्गल शाखाको प्रमुखमा पहिलो महिला कर्मचारी सविला के.सी. लाई नियुक्त गरेको छ।

इन्टरनेट र डिजिटल सेवामा लामो अनुभव बटुलेकी उहाँ आफ्नो मेहनत र नेतृत्व क्षमताका आधारमा यस जिम्मेवारीसम्म पुगेकी हुन्। यो नियुक्ति प्रविधि क्षेत्रमा महिलाको सहभागिताको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

उहाँ भन्नुहुन्छ : “यो अवसरसँगै ठूलो जिम्मेवारी पनि हो। वर्ल्डलिंकलाई अझ ग्राहकमैत्री बनाउन, छिटो र भरपर्दो सेवा दिन प्रतिबद्ध छु।”

उहाँका अनुसार इन्टरनेट अहिले प्रत्येक घरको आधारभूत आवश्यकता भएकाले वर्ल्डलिंक गुणस्तरीय सेवा, छिटो मर्मत–सम्भार र समयमै समस्या समाधानमा प्राथमिकता दिनेछ।

स्थानीय समुदायले समेत महिला नेतृत्वको सुरुवातलाई सकारात्मक र उत्साहजनक कदमका रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार