• ट्रेण्डिङ :

पूर्वआईजीपी खनालले खोले पार्टी

पूर्वआईजीपी खनालले खोले पार्टी

cnewsnepal

मंगलबार, मंसिर २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ मंसिर,काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् ।

उनी नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनाले बताए ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौं- ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ- १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार