• ट्रेण्डिङ :

भावुक हुँदै दानी चुनावी मैदानमा,७४ सहिदको सपना बोकेर लाभालस्कर त्यागकाे घाेषणा

भावुक हुँदै दानी चुनावी मैदानमा,७४ सहिदको सपना बोकेर लाभालस्कर त्यागकाे घाेषणा

cnewsnepal

बुधबार, माघ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोशन दानीले चुनावी यात्राको औपचारिक घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दानीले देशप्रतिको माया, त्याग र सपनालाई आत्मसात् गर्दै चुनावी मैदानमा होमिएको बताउनुभएको हो।

उहाँले लेख्नुभएको छ, “यी कलिला सहिद र राष्ट्रका सपना बोकेर आजबाट मेरो यात्रा सुरु भएको घोषणा गर्दछु। हाम्रै उमेरका सपना, देशप्रतिको माया र त्यागको स्मरणसहित ७४ जनाको बलिदानीलाई सलाम गर्दै यात्रा सुरु भएको छ।”

देशको वर्तमान विषम अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दानीले आफूलाई कुनै व्यक्तिगत खुशी, लाभ वा लस्करको खोजी नभएको स्पष्ट गर्नुभएको छ। उहाँले देश र जनताको हितका लागि संघर्ष गर्न आफू चुनावमा उत्रिएको उल्लेख गर्नुभएको छ।

दानीको उम्मेदवारी घोषणासँगै काठमाडौं–९ मा चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। उहाँले सामाजिक न्याय, राष्ट्रिय हित र जनताको अधिकारका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार