• ट्रेण्डिङ :

सुनको भाउ बढ्नेक्रम जारीः आज पनि बढ्यो सुन र चाँदीको भाउ

सुनको भाउ बढ्नेक्रम जारीः आज पनि बढ्यो सुन र चाँदीको भाउ

cnewsnepal

बिहिबार, साउन २३ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


साउन २३, काठमाडौँ । लगातार बढी रहेको सुनको भाउमा बिहिबार पनि तोलामा ५ सय बढेर ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतिताेला ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय बृद्धी भएर प्रतितोला ७० हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी बुधबार प्रतितोला ६९ हजार दुई सयमा बिक्रीबितरण भईरहेको तेजाबी सुनमा पनि आज ५ सय बृद्धी भई प्रतितोला ६९ हजार सात सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मूल्यमा पनि तोलामा ५ सय बृद्धी भएको छ । बुधबार प्रतितोला ८ सय १० मा बिक्रीबितरण भएको चाँदीको भाउ आज प्रतितोला ८ सय २५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार