• ट्रेण्डिङ :

धादिङका विरामीलाई नेपाल नेशनल अस्पतालमा १५ प्रतिशत छुट

धादिङका विरामीलाई नेपाल नेशनल अस्पतालमा १५ प्रतिशत छुट

cnewsnepal

शनिबार, चैत्र १ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१ चैत्र काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका विरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालले बुधबार धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितीमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन् । उपचार छुटका लागि विरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनैपनि परिचयपत्र देखाए पुग्ने भएको छ ।

छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलंकीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवि चिकित्सक तथा नर्सहरुद्धारा न्युन शुल्कमा प्रभावकारी उपचार सेवा दिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार