• ट्रेण्डिङ :

काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना संक्रमित भेटिए

cnewsnepal

सोमबार, चैत्र १० २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१० चैत्र काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले पत्रकार सम्मेलनमा बताए । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।

१९ वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार