• ट्रेण्डिङ :

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

cnewsnepal

मंगलबार, बैशाख ९ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


९ फागुन, काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।

कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो ।

कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछिमात्र थाहा हुने ती चिकित्सकले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार