काठमाडौ, २७ मनाङको अतिदुर्गम ठाउँ नार्फुमा नेपाल बैङकको शाखा स्थापना भएको छ यातायातकोे सुबिधा नपुगेको उक्त स्थानमा हेलिकप्टर बाट सामाग्री लगेर शाखा स्थापना गरिएको हो ।
शाखाको एक औपचारीक कार्यक्रमका बिच गाँउपाकिा अध्यक्ष्य मिङमा लामा र नेपाल बैङक गण्डकी प्रदेश प्रमुख बिनय केशरी पौडेल ले संयुक्त रुपमा उद्घाटन गरेकका हुन् ।
दुर्गम गाउँ नार्फु का जनताले बैङक नहुदा दुई दिन हिडेर सदरमुकाम चामे सम्म पुग्नुपर्ने अबस्थाको अन्त्य भएको मा स्थानिय जनता खुसी भएका छन् ।
बैङकको शाखा स्थापना भएपछि सरकारी राजस्व कारोवार र सर्बसाधारण लाई बैङकीङ कारोबार गर्न सहज भएको गाउँपालिका अध्यक्ष्य लामाले बताए ।
त्यसैगरी नेपाल बैङक सरकारी स्वामीत्वको बैङक भएको ले नाफा मा भन्दा सेवामा जोड दिदै हरेक कुनाकन्धराबाट जनताको सेवामा तत्पर रहेकोे बैङकका गण्डकी प्रदेश प्रमुख बिनय केशरी पौडेलले बताए ।
उद्घाटन कार्यक्रममा नेपाल बैङक चामे शाखा प्रबन्धक बिज्ञान पौडेल , जिल्ला स्थित सरकारी अधिकारीहरु र सर्बसाधारण जनताको उल्लेख्य उपस्थिती रहेको थियो ।
नेपाल बैङक ले द्धन्द्धकालका बेला बिस्थापित भएकालाई पुनस्थापित गर्ने र आबश्यक्ता र औचित्यका आधारमा नयाँ शाखा स्थापना गर्दै आईरहेको छ ।