• ट्रेण्डिङ :

देशै भर २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

देशै भर २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

cnewsnepal

आइतबार, साउन १८ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


१८ साउन, काठमाडौं । देशै भर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालका विभिन्न प्रयोगशालामा गरिएकाे स्वाब परीक्षणमा २४६ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हाे ।

देशै भर ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी गराईएकाे छ ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार