• ट्रेण्डिङ :

दूरसञ्चारमा इनार खन्ने क्रममा पुरिएर एकको मृत्यु

दूरसञ्चारमा इनार खन्ने क्रममा पुरिएर एकको मृत्यु

cnewsnepal

मंगलबार, चैत्र १२ २०७५
पढ्न लाग्ने समय: < १ मिनेट


चन्द्रागिरी नगरपालिका-१२ दूरसञ्चार पछाडि रहेको निर्माणाधीन घरको इनार खन्ने क्रममा पुरिएर एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भइ हाल चन्द्रागिरी ६ बस्ने ३५ वर्षीय राम माझी रहेका प्रहरीले बताएको छ।

निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि पुरिएर मुत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताए।

३० फिट गहिरो इनारमा पुरिएका माझीको शव निकाल्न नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली घटनास्थल आउँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार