• ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा ४३१ संक्रमित थपिए, काठमाडौंमा मात्र ३७७ जनामा संक्रमण पुष्टी

काठमाडौं उपत्यकामा ४३१ संक्रमित थपिए, काठमाडौंमा मात्र ३७७ जनामा संक्रमण पुष्टी

cnewsnepal

शनिबार, भाद्र २७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ३१ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ३१ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १७ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ११ हजार १ सय ४१ पुगेको छ ।
यसमध्ये काठमाडौमा ९ हजार १ सय ०५ , ललितपुरमा १ हजार १ सय २८ जना र भक्तपुरमा ९ सय ०८ जना संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार