• ट्रेण्डिङ :

कोरोनाको लडाइँमा हार नखान सरकारहरूलाई डब्ल्यूएचओकाे अपिल

कोरोनाको लडाइँमा हार नखान सरकारहरूलाई डब्ल्यूएचओकाे अपिल

cnewsnepal

मंगलबार, कार्तिक ११ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


कोरोनाको लडाइँमा हार नखान सरकारहरूलाई डब्ल्यूएचओकाे अपिल
काठमाडौँ, ११ कात्तिक । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।
तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू कठिन अवस्थामा रहेको भन्दै चेतावनी दिएको थियो।
महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार