राष्ट्रिय सभाको हिउँदे अधिवशेन बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ ।मन्त्रिपरिषद्को बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने भएको छ ।

मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी जानकारी दिए ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकमा नयाँ मन्त्रीहरूलाई स्वागत गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री समक्ष शपथग्रहण गरेका थिए ।

संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो ।