• ट्रेण्डिङ :

६०८५ कोरोना संक्रमित थपिए, ६८९८ संक्रमणमुक्त

६०८५ कोरोना संक्रमित थपिए, ६८९८ संक्रमणमुक्त

cnewsnepal

मंगलबार, जेष्ठ १८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। त्यस्तै ६ हजार ८९८ जना यस अवधिमा कोरोनाबाट मुक्त भएका छन् भने ६८ जनाको मृत्यु भएको छ।
हालसम्म कोरोनाबाट ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा २० हजार १६५ जनाको नमुना परीक्षण गरिएको थियो।
१७ हजार १४७ जनाको पिसिआर गर्दा ५ हजार २८५ जनामा पोजेटिभ देखिएको थियो भने ३ हजार १८ जनाको एन्टिजेन गर्दा ८ सय जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार