• ट्रेण्डिङ :

१८३१ कोरोना संक्रमण पुष्टि : १५३३ जना डिस्चार्ज, २० को मृत्यु, उपत्यकामा ३९१ संक्रमण

१८३१ कोरोना संक्रमण पुष्टि : १५३३ जना डिस्चार्ज, २० को मृत्यु, उपत्यकामा ३९१ संक्रमण

cnewsnepal

आइतबार, असार २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २७ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार २ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएको छ।

काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार