काठमाडौं २० वैशाख । सार्क उद्योग बाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा सुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले एक समारोहका बीच चन्द्रागिरिमा समुद्घाटन गरेका हुन ।

बैठक नेपाल उद्योग बाणिज्य महासंघले सार्क उवासंघद्वारा आयोजना गरेको हो ।बैठकलाई सम्बोधन गनुहुँदै प्रमुख अतिथि सभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग बाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पु¥याउने विश्वास प्रकट गरे ।

दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताए ।


अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तार मार्फत यस क्षेत्रको समृद्धि हाँसिल गर्ने कार्यमा सार्क उवासंघको नेतृत्वदायी भूमिकाको अपेक्षा पनि गरिन । नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडि बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।
समुद्घाटन कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उवासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । संघको बैठक अाज सम्म चल्ने छ ।