• ट्रेण्डिङ :

आज थपिए ३१२५ संक्रमित : १९२५ जना डिस्चार्ज, २३ को मृत्यु

आज थपिए ३१२५ संक्रमित : १९२५ जना डिस्चार्ज, २३ को मृत्यु

cnewsnepal

सोमबार, साउन १८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १८ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ११ जनाको परीक्षणबाट २२७९ पिसीआर र ८४६ एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार