• ट्रेण्डिङ :

महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै कांग्रेस

महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै कांग्रेस

cnewsnepal

शुक्रबार, साउन २९ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


केन्द्रिय कार्यसमितिको बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठक । तस्वीर रोसन सापकोटा, रासस

२९साउन काठमाण्डाै ।  नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएको उनले बताए ।

महाधिवेशनका लागि ७ वटा तहको नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका केहि परिमार्जन गर्न छलफल भइरहेको उनको भनाई छ । बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको केहि दिन लम्विने प्रवक्ता शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । बैठकमा सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा पनि सदस्यहरुले सुझाव दिएको प्रवक्ता शर्माले बताए

 

बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार