• ट्रेण्डिङ :

नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा

नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । विवादित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।कार्यकाल करिब ३ महिना बाँकी रहँदै मंगलबार अर्थ मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका थिए ।

सेयर जारी नै नभई आफ्नी श्रीमतिको नाममा सर्वाेत्तम सिमेन्टको सेयर किनेपछि विवादित बनेका थिए, सीईओ साउद । त्यसपछि अर्थ मन्त्रालयले यस विषयमा उनलाई स्पष्टीकरण सोधेको थियो ।

संसदको अर्थ समितिले साउदलाई निलम्बन गरी कारवाही गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गरेको थियो । साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार